स्विमसुटमा खुलेकी वर्षा, हेरौं आकर्षक तस्विरहरु

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

यसबर्षको गर्मीमा लकडाउनका कारण मानिसहरु घर बाहिर खासै निस्कन पाएनन् । यसैले, स्विमिङ पूलमा रमाउने धेरै मानिसहरुको चाहना यस बर्ष पुरा भएन ।

काठमाण्डौमा चिसो बढ्न थालेपछि यसबर्षको गर्मी विस्तारै बिदा हुँदैछ । नायिका वर्षा सिवाकोटीले पनि यो बर्षको गर्मीलाई बिदा गरेकी छिन् ।

परिवारसँग एक रिसोर्टमा पुगेकी वर्षाले स्विमसुटमा तस्वीर शेयर गर्दै गर्मीलाई बाईबाई गरेकी हुन् । उसो त, गतबर्ष गर्मी नलाग्दै विकिनी तस्वीर शेयर गरेर वर्षा चर्चामा आएकी थिइन् ।

म्यूजिक भिडियोमा व्यस्त वर्षा समय मिलाएर परिवारसँग रमाउन रिसोर्ट पुगेकी हुन् । दशैं लगतै अमेरिका जाने तयारीमा रहेकी वर्षाले चलचित्र ‘परदेशी २’को छायांकन दशैंपछि नै सुरु हुने जानकारी दिएकी छिन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]