शरीरमा रगत कमि भएमा खानुपर्ने कुराहरु

हाम्रो सन्देश संवाददाता

हरियो सागपात
पालुङ्गोको साग, ब्रोकाउली, मेथी, सिमी र हरियो केराउ जस्ता गाढा रंग भएका तरकारीहरु आइरनको राम्रो स्रोत हो । तर, पालुङ्गो जस्ता केही हरियो पात भएका तरकारीमा आइरनसँगै एगलेट नामक तत्व पनि पाइन्छ।

जसका कारण शरीरलाई आइरन ग्रहण गर्न बाधा पुर्‍याउँछ । त्यसैले हरियो पात भएको तरकारीसँग भिटामिन सी पनि सेवन गर्नु आवश्यक हुन्छ। किनभने भिटामिन सीले आइरनलाई शोषित गर्न सहयोग पुर्‍याउँछ ।

त्यसैले हरियो पात भएको तरकारीसँग भिटामिन सी युक्त खाद्य पदार्थ जस्तै सुन्तला, कागती, रातो क्याप्सिकम र स्ट्राबेरीको पनि सेवन गर्नु आवश्यक छ । यसो गर्नाले शरीरले सजिलै आइरन अवशोषित गर्छ।

चुकन्दर
चुकन्दर अर्थात् बिटरुट आइरनको राम्रो स्रोत हो । जसले शरीरमा रातो रक्त कोशिकाहरुलाई मर्मत गर्न सहयोग गर्छ । चुकन्दरको सेवन गर्नाले हेमोग्लोबिन बढ्छ ।

चुकन्दरको तुलनामा यसको पातमा तीन गुना बढी आइरन हुन्छ । त्यसैले, चुकन्दरका साथै यसको पातलाई पनि सलादमा समावेश गर्नुपर्छ अथवा तरकारी पकाउदा चुकन्दरको पातको पनि प्रयोग गर्न सकिन्छ ।

ओट
ओट पनि आइरनके उत्तम स्रोत हो । एक कप ओटमा ९ मिलिग्राम आइरन हुन्छ। जुन प्रि(मेनापोजको क्रममा रहेका महिलाहरुका लागि आधा आइरन बराबर हुन्छ । ओटमा दुध, केरा, किसमिस र मह मिसाएर खानाले शरीर स्वस्थ रहिरहन्छ । यसको साथै शरीरलाई सम्पूर्ण पोषक तत्व पनि प्राप्त हुन्छ ।

आलु
जब आइरन पर्याप्त प्राप्त हुने खाद्य पदार्थको कुरा आउँछ। हाम्रो दिमागमा हरियो सागपात र मासु मात्र आउँछ। तर, तपाईंलाई यो कुरा सुनेर आश्चर्य लाग्नसक्छ ।

आलु पनि आइरनको राम्रो स्रोत हो । एक सय ग्राम आलुमा ७ मिलिग्राम आइरन पाइन्छ । त्यसैले अन्य तरकारीसँगै आलुलाई पनि प्राथमिकता दिनुपर्छ।