ट्रायल पास हुनेबित्तिकै अस्थायी लाइसेन्स, ७० अंक ल्याए पाइने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ चैत्र ।

सरकारले ट्रायल पास भएलगत्तै अस्थायी लाइसेन्स उपलब्ध गराउने भएको छ । वैशाख १ बाट उक्त व्यवस्था लागु हुने भएको हो ।

यो सँगै ट्रायल पास गरेको १ वर्ष बितिसक्दा पनि चालकले लाइसेन्स पाउन नसक्ने समस्याको अन्त्य हुने विभागले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेबाट सवारी साधन सञ्चालन अनुमति पत्र ९लाइसेन्स० को नयाँ व्यवस्था गर्ने भएको हो ।

प्रधानमन्त्री ओलीले केही समयअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवलाई लाइसेन्सको प्रक्रिया तुरुन्त सुधार गर्न निर्देशन दिएपछि मन्त्रालयले यसमा आवश्यक गृहकार्य अघि बढाएको मन्त्रालयले जनाएका छ ।

साथै हालसम्म लाइसेन्सको प्रयोगात्मक परीक्षा पास गर्न शतप्रतिशत अंक ल्याउनु पर्नेमा अब ७० अंक ल्याए लाइसेन्स पाइनेछ ।