सर्वोच्च अदालत परिसरभित्रै दुई अधिवक्ताबीच कुटाकुट

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ चैत्र ।

सर्वोच्च अदालत परिसरभित्र नै दुई अधिवक्ताबीच कुटाकुट भएको छ । सोमबार दिउँसो अदालत परिसरमा अधिवक्ता किरण जोशी र प्रमोद गुप्ताबीच व्यक्तिगत लेनदेनको विषयमा कुटाकुट भएको हो । सर्वोच्च अदालत र नेपाल बार एशोसिएसनको गेटमा दुई जनाबीच भिडन्त भएको थियो ।

गुप्ताले जोशीबाट पाँच वर्षअघि एक लाख रुपैयाँ लिएको र त्यही रकमको विषयमा कुटाकुट भएको खुलेको छ । अधिवक्ता जोशीले पैसा मागेपछि दुईबीच हात हालाहाल भएको हो । जोशीको मुखमा चोट लागेको छ । अधिवक्ता जोशीले पटक पटक पैसा माग्दा पनि गुप्ताले नदिएको बताए ।

घटनापछि अधिवक्ता जोशी प्रहरी कहाँ पुगेका छन् ।

विद्यालय बन्द गर्ने सरकारको तयारी

रकारले केहीदिन विद्यालय बन्द गर्ने तयारी गरेको छ। दिन प्रतिदिन काठमाडौंको वायुमण्डलमा आएको खराबीलाई मध्यजनजर गर्दैै सरकारले विद्यालय बन्द गर्ने तयारी गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय बन्द गर्नेबारे सरकारले तयारी गरिरहेको जानकारी दिए। चीनले नेपाललाई दिएको कोरोनाको खोप हस्तान्तरण गर्ने कार्यक्रममा ओलीले बालबालिकाको स्वास्थ्यको लागि विद्यालय बन्द गर्ने तयारी गरेको बताएका हुन्। ‘बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने तयारी भएको र केही दिनमै निर्णय गछौं,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले पहिलेनै डडेलो लाग्न नदिने कुरामा ध्यान दिएको भए वायुमण्डलमा भएको समस्या नआउने बताए। ‘अहिलेको अवस्थालाई हेरेर बालबालिकाको स्वास्थ्यलाई ध्यान दिएर नै सरकारले विद्यालय बन्द गर्ने सोच बनाएको हो,’ प्रधानमन्त्री ओलीले भने।

पछिल्लो समय वायुमण्डलमा भएको खराबीका कारण श्वास फेर्न पनि कठिन भएको छ। बालबालिकाहरु पनि यसबाट प्रभावित हुने भएपछि विद्यालय बन्द गर्नुपर्ने उनको भनाइ छ।

उनले नेपाल र चीनकाबीचको गहिरो मैत्रि सम्बन्धलाई एककदम अगाडी बढेको भन्दै चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद पनि दिएका थिए। चीनले ८ लाख डोज कोरोनाको भ्याक्सीन नेपाललाई अनुदानमा दिएको छ।