होली खेल्ने क्रममा बागलुङमा झडप, २ जनाको मृत्यु, १३ जना भिरबाट खसेको आशंका (भिडियोसहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ चैत्र ।

बागलुङ र गुल्मीको सिमाना बल्देधुरीमा झडप हुँदा २ जनाको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका वडा नम्बर १० र निसीखोला गाउँपालिका वडा नम्बर ७ का युवाहरु बिच विवाद हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना सम्पर्क बिहीन भएको निसीखोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तेजेन्द्र विक्रम कुँवरले जानकारी दिनुभयो ।

बडिगाडका युवाहरुले कुटपिट गरि भिरबाट खसाल्दा निसीखोला–७ का अन्दाजी ३७ वर्षीय प्रकाश कुँवर र २९ दीपक दमाइको मृत्यु भएको अध्यक्ष कुँवरको भनाई छ । उनीहरुको शव तारे भिरमा फेला परेको उहाँको भनाई छ ।

घटना स्थल तर्फ इलाका प्रहरी बुर्तिबाङको टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]