बलिउडकी चर्चित आइटम डान्सर मलाइका अरोरा यतिबेला माल्दिभ्समा छन्। बलिउडकी हट आइटम गर्ल मलाइका अरोरा खानको चर्चा उनको तस्वीरका कारणले पनि हुने गर्दछ ।विशेषगरि, मलाइका जीम पुग्दा होस् या सार्वजनिक कार्यक्रममा पुग्दा नै किन नहोस्, बोल्ड पहिरन लगाउन माहिर मानिन्छिन् ।
मलाइकाले आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा सार्वजनिक गरेको तस्वीरले भने खुबै चर्चा पाइरहेको छ ।मलाईका अहिले आफ्नो पूर्व पति अरवाज खानसँगको सम्बन्ध टुटाएर अर्जुन कपुरसँग रोमान्समा छिन्।
मुन्नी बदनाम हुई लगायतका चर्चित गितहरुमा आफ्नो आइटम डान्स दिएकी अरोरा यतिबेला विदा मनाउन माल्दिभ्स पुगेकी हुन्।मलाइकाले स्विमिङ पूलमा रमाउँदै गरेको तस्वीर पोष्ट गरेकी छिन् । यस्तै, उनले हरियो पहिरनमा प्रकृतीसँग रमाउँदै गरेको तस्वीर पनि पोष्ट गरेकी छिन् ।