टिकटकमा चर्चित नेपाली, जसको यति धेरै छन् आम्दानी र फलोअर्स ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

भारतमा टिकटकसहित ५९ वटा मोबाइल एपमा प्रतिबन्ध लगाएसँगै त्यसको प्रत्यक्ष असर देखिन थालेको छ ।सामाजिक संजालमार्फत व्यवसाय गरिरहेका र लोकप्रियता हासिल गरेका प्रयोगकर्ताहरुलाई तनाव भएको छ ।

यसै सिलसिलमा भारतमा टिकटक मार्फत चर्चा कमाएकी नेपाली मूलकी युवती निशा गुरागाँइलाई टिकटक प्रतिबन्धले ठूलो घाटा पुर्‍याएको छ ।

बलिउड स्टारकै तुलनामा आफ्नो छबी बनाउँदै गएकी निशाका २ करोड ७९ लाख बढी फलोअर्स छन् । भारतमा उनी सबैभन्दा बढी फलोअर्स भएको टिक टक प्रयोगकर्तामा तेस्रो नम्बरमा पर्छिन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]