होलीमा यसरी रमाए कलाकार (फोटो फिचर)

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व विहिबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइयो ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहिआएको छ । तराई-मधेश क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट अर्थात् भोलि शुक्रबार धुमधामसँग मनाउने गरिन्छ ।

आज काठमाडौंमा कलाकारहरुले पनि भव्य गरी होली मनाए । कसैले आफ्नो फिल्म प्रचार गरेर मनाए भने कसैले घरमै साथीभाईलाई निम्ता दिएर भोज खुवाए । हरेक वर्ष जस्तै करिश्मा मानन्धरको गोदावरीस्थित निवासमा साथीभाई बोलाएर होली मनाए । अभिनेत्री रेखा थापा, दिपाश्री निरौला, अभिनेता दिपकराज गिरी लगायतले होली मनाए ।

सत्य युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ ।

हेर्नुहोस् फोटो फिचर :