महन्त जी, बालुवाटार धेरै नधाउनुस् मिलेर सरकार बनाऔंः अध्यक्ष प्रचण्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ चैत्र ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई आफु जस्तै बालुवाटार धेरै नधाउन आग्रह गरेका छन् । शनिबार नेपाल प्रज्ञा भवनको डबलीमा आयोजित बृहत्त नागरिक आन्दोलनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले पनि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा हुँदा बारम्बार बारम्बार बालुवाटार धाएको तर समस्याको समाधान नभएको सुनाउँदै नेता ठाकुरलाई पनि बालुवाटार नधाउन सुझाव दिए । उनले बरु, जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्य हुनुपर्ने र नयाँ सरकार बनाउनुपर्ने पनि बताए ।

प्रचण्डले अब आफुले छिट्टै सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि बताए । प्रचण्डले प्रतिगमनविरुद्धको आन्दोलनमा रहेका दलहरुको दबाबका कारण आफुले अहिलेसम्म समर्थन फिर्ता नलिएको बताउदै अब भने आफुले रोक्न नसक्ने बताए ।

मलाई घोक्र्याएर पार्टीमा फर्काइयाे : माधवकुमार नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर पार्टीमा फर्काइएको टिप्पणी गर्नुभएको छ । बृहत् नागरिक आन्दोलनले शनिबार काठमाण्डाैमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले अदालतको फागुन २३ गतेको निर्णयले आफूलाई केपी ओलीकै पार्टीमा जान बाध्य पारिएको र त्यहाँ बस्न अप्ठेरो लागिरहेको बताउनुभयो ।

दुःखका साथ भन्नुपर्छ, अहिलेका हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो त्यसको विरुद्धमा तपाईंरु संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठेरो महसुस गर्दैछु त्यही पार्टीमा मलाई फेरी सर्वोच्च अदालतले घोक्रयाएर पठाइदिएको छ’ तर त्यसबाट आफू नडराउने प्रष्ट पार्दै उहाँले भन्नुभयो ‘हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं ।

पार्टी भित्रको कुरा डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरी अर्को आरोप लाग्ला त्यसपछि कुन दिन मलाई घोक्रयाएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला । तर त्यस्ता कुराबाट डराउनेवाला माधव नेपाल होइन ।’

उहाँले कांग्रेस र जसपाको साथ रहेसम्म ओली सरकार रहिरहने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘महन्तजीको र मिनेन्द्रजीको दया कृपा रहेसम्म यो सरकार रहिरहन्छ ।’ यस्तै कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट पार्टीहरुले नै केपी ओलीको सरकारलाई समर्थन गर्ने तर दोष आफूहरुमाथि लाग्ने गरेको बताउनुभयो ।

ओली सरकारमा भएका कारण आफूहरुका माग पूरा गराउन ओलीसँग कुरा गरेको पनि उहाँले प्रष्ट पार्नुभयो । यस्तै उहाँले आफ्नो दलले माओवादी केन्द्रको विरोध नगरेको पनि बताउनुभयो ।

यस्तै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारलार्ई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताउनु भएको छ । उहाँले ओली प्रधानमन्त्री भएकै दिनदेखि नै आफूहरुले विश्वासको मत नदिएको पनि बताउनुभयो ।