धुर्मुस-सुन्तली जस्तो चन्दा मागेर समाजसेवा हुँदैन : रामकुमारी झाँक्री

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

आ-न्दोलनरत नेकपाका नेता रामकुमारी झाँक्री राजनीतिकर्मी मात्र नभएर टिकटक प्रेमी पनि हुन् । उनका टिकटक अहिले सामाजिक सञ्जालमा निकै भाइरल छन्। उनको राजनीति उचाई पनि त्यतीकै भएको होइन ।

लोकतान्त्रिक आ’न्दोलनमा उनको योगदान छ । उनी विद्यार्थी राजनीतिको पनि उत्तिकै भूमिका छन् । उनी अखिल विद्यार्थीका नेता पनि हुन् । उनी अनेरास्ववियुको पूर्व अध्यक्ष पनि हुन् ।उनले मागेर गर्ने समाजसेवालाई सेवा नमान्ने बताएकी छन्। मिलिनियरले गर्नुपर्ने काम मागेर गर्नेहरुले गर्न नहुने उनको भनाई छ ।

नेपालमा मिलेनियर विनोद चौधरीले गर्नुपर्ने काम अरुसंग मागेर आफु समाजसेवी बन्न पाइदैन उनको भनाई छ । उनले समाजसेवाको परिभाषा बदल्नुपर्ने बताएकी छन् । उनले अरुसंग माग्ने, एम्बे’स्सिमा गएर झोला थाप्ने अनि समाजसेवा गरेँ भन्न नमिल्ने बताइन्।

उनलाई धर्मसं’कट सेग्मेन्टमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द विप्लवमा, विप्लवलाई छानेकी छन् ।उनले युवा पुस्ता र प्रधानमन्त्रीको क’दमको पनि वि-रोध गरेका कारण विप्लवलाई छानेको बताइन् । तर उनको राजनीतिक विचारको भने आफु वि’रोधी रहेको भनाई छ ।

एक फरक प्रसंगमा आफुहरुले गरेको वि-रोध सभामा आफ्ना नेता नारायणकाजी श्रेष्ठले मञ्चवाटै पत्रकार ऋषी धमलालाई गा’ली गर्नु राम्रो नभएको बताएकी छन् । उनले धमलाले पनि मुल कार्यक्रमलाई नै प्रभाव पार्नेगरी

गतिविधि गर्न नहुने र नारायणकाजीले पनि त्यसरी पत्रकारलाई इंकित गरेर भाषण गर्दागर्दै ह’प्काउन नहुने बताएकी छन् । उनले भनिन्, त्यो ढंग नपुगेको हो, त्यसलाई फरक ढंगले हल गर्न सकिन्थ्यो ।