यी निर्माताले राखेका थिए ‘पवित्र रिश्ता’ की नायिका अङ्कितालाई एक रात सुत्ने अफर…

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

टिभी शो पवित्रा सिस्तामा सुशान्त सिंहसँग काम गरेर लोकप्रियता कमाएकी भारतीय सुन्दरी नायिका अङ्किता लोखन्डेले सुशान्तका लागि शाहरुख र सञ्जयको फिल्म छाडेको बताएकी छिन् ।

अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अहिले ९ महिना पुगिसकेका बेला कुनै समय उनको प्रेममा परेकी अंकिताले आफूले सुशान्तका लागि बलिउका केही ठूला फिल्मको अफर छाडेको दाबी गरेकी छन् ।

यसको अलवा उनले करियरको सुरुवातको दिनको दुःखसमेत शेयर गरेकी छन् । हालैको एक अन्तरवार्ताका क्रममा उनले सुशान्तकै लागि भनेर शाहरुख खानको फिल्म ‘ह्याप्पी न्यु ईयर’, सञ्जयलिला भंसालीको ‘बाजीराव मस्तानी’जस्ता सुपरहिट फिल्म छाडेको उल्लेख गरेकी छिन् ।

उनले भनेकी छिन् ‘निर्देशक सञ्जयलिला भंसालीले मलाई कयौँ पटक फिल्ममा काम गर्न फोन गर्नुभएको थियो,’ उनले भंसालीको शब्द दोहोर्याइन् ‘फिल्म गर, नत्र पछि पछुताउनेछौ ।

सो समय आफूले विवाह गर्ने बारेमा सोचेको बताइरहँदा अहिले पुरा दिन सम्झेर आँफु साँच्चै पछुताएको उल्लेख गरेकी छिन् । उनले १९–२० वर्षको उमेरमा साउथ फिल्मका लागि बोलाएर ‘कम्प्रमाइज’ गर्न भनेको प्रङ्सग समेत बाहिर ल्याउँदै भनिन् मलाई फिल्म अभिनयका लागि कम्प्रामाइज गर्न द’बाब दिँदै निर्मातासँग सुत्न भनिएपछि ठाडै अस्विकार गरे ।

उनले भा’वुक हुँदै भनिन् मलाई कसैसँग सुत्नभन्दा आफ्नो स्वाभिमान ठूलो लाग्यो र अहिले जहाँ छु म आफ्नै स्वाभिमानका साथ काम गरिरहेको उल्लेख गरेकी छिन् । अङ्किताले टिभी शो ‘पवित्र रिश्ता’का अलावा ‘झलक दिखलाजा’, ‘कमेडी सर्कस’, ‘मर्णिकर्णिका’मा काम गरेर चर्चा कमाएकी छिन् ।