अघिल्ला निर्णय फिर्ता हुँदैनन्, नेपाल र रावलको स्पष्टीकरण कारबाहीयाेग्य : ओली

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ चैत्र ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला निर्णयहरु विधिसम्मत भएकाले त्यसबाट फर्कने कल्पना समेत नगर्न चेतावनी दिएका छन् । आजको संसदीय दलको बैठक ओलीले खनाल-नेपाल समूहका नेताहरुलाई पछिल्ला बैठकबाट नफर्कने सन्देश दिएका हुन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकमा ओलीले पार्टीमा विधिसम्मत निर्णय भएकाले फिर्ता नहुने बताए ।

बैठकले गरेका निर्णयहरुबाट ब्याक हुन सकिँदैन । बैठकमा केही साथीहरु अनुपस्थित हुनुभो । विधिसम्मत निर्णय गरेका कारणले फिर्ता हुन सकिँदैन भन्नुभयो, ” भट्टराईले भने । बैठकमा ओलीले संसदीय दलको विधान केन्द्रीय कमिटीले पारित गरेको र असंशोधनीय नभए पनि अहिल्यै संशोधन हुन नसक्ने जवाफ दिएको उनले बताए । बैठकमा खनाल-नेपाल समूहका नेताहरुले छलफल गर्न पाउनुपर्ने भने पनि ओलीले पछिल्ला निर्णयबाट पछि फर्कन नसकिने बताएका थिए ।

भाग लिने अवसर तपाइँहरुलाई हिजो पनि थियो । तपाईंहरु आउनुभएन । पार्टीमा मिल्दाखेरी चासो राख्न सक्नुहुन्थ्यो । नआउनुभएको हो । पछिका केही बैठकमा आउनुभएन । आजको बैठकमा आउनुभयो । म स्वागत गर्छु,” भट्टराईले ओलीको भनाइ उद्धृत गर्दै भने,पार्टीका निर्णयहरु उल्टिन्छन भन्ने कल्पना नगर्नुभए हुन्छ । नयाँ अवस्थाबाट अघि बढौं । पछि फर्किन सकिन्न । बैठकमा वरिष्ठ नेता झलनाथ खनालले २०७५ जेठ २ मा नै फर्किनुपर्ने बताएका थिए । त्यसको जवाफमा ओलीले जेठ २ मा नै फर्काएको र २३ जना नेताले पार्टी र सरकारकै पक्षमा उभिएकाले व्यवस्थापन गर्नै पर्ने भएकाले केन्द्रीय सदस्य बनाएको बताएको भट्टराईले जानकारी दिए । ओलीले फागुन २८ गते गृह मन्त्री रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय कमिटीमा मनोनयन गरेका थिए ।