कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १३ चैत्र ।

नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएको छ । पूर्वमन्त्री समेत रहेका जोशीको उपचारमा संलग्न चिकित्सक राजीव झाले उनको आज(शुक्रवार) राति निधन भएको पुष्टि गरेका छन् ।

जोशीनिकट विद्यार्थी नेता शुसान्त आचार्यका अनुसार मस्तिष्कघातका कारण गम्भीर अवस्थामा रहेका जोशीको आज(शुक्रवार) उपचारका क्रममा निधन भएको हो ।

मस्तिष्कघात भएका जोशीको नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

शरीरको देब्रे पट्टिको भागमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएका जोशीलाई थप उपचारका लागि वीरबाट नर्भिक अस्पतालमा सारिएको थियो ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो फेसबुक पेजमार्फत नेता जोशीलाई श्रद्धाञ्जली अपर्ण गर्दै लेखेका छन्, ‘दुखद समाचार.. हामी सबैको प्रिय नवीन्द्र यो संसारमा रहेन । यो अप्रिय खबर कसरी सुनाउ र पनि, अलबिदा नबिन्द्र, हार्दिक श्रद्धाञ्जली।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]