प्रेम, विवाह, रो’मान्स बारेमा ज्योति मगरको सनसनीपूर्ण खुलासा

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

चर्चित गायिका तथा मोडेल ज्योति मगर समय समयमा आफ्नो बयानका कारण चर्चामा रहने गर्छिन । हालै उनले पत्रकार ऋषि धमलालाई दिएको एक अन्तरवार्तामा केही रोचक खुलासाहरु गरेकी छिन् । ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूलाई मनपर्ने मासु मा’न्छेको मा’सु भ’एको भन्दै यसलाई मिलाएर बुझ्न आग्रह गरेकी थिईन् ।

कार्यक्रममा ज्योति मगरले पछिल्ला दिनहरुमा आफु खासै व्यस्त नभएको भन्दै गाउँमा दिन विताएको बताएकी छिन् । उनले पछिल्लो समय आफ्नो जन्मघर रोल्पा पुगेको र रमाइलो गरेको बताएकी छिन् । कार्यक्रममा धमलाले कति किलो मासु खाएको भन्दै प्रश्न गरेको भए पनि मगरले कुनै जवाफ दिन सकिनन् ।

गायिका मगरले गाउँमा रहँदा बंगुरको मासु खाएको भनेपछि धमलाले बंगुरको मासु खाँदा मोटोपन हुने बताए । त्यसको जवाफमा मगरले आफ्नो ज्यान खानदानी भएको भन्दै जवाफ फर्काइन् । कुराकानीको क्रममा पत्रकार धमलाले तपाईलाई मनपर्ने मासुको परिकारमा के हो ? बंगुर ? कुखुरा वा खसी ? के हो ?

भनेर सोधेको प्रश्नमा उनले हाँस्दै भनिन्, ‘मान्छेको ।’ त्यसको प्रतिप्रश्नमा धमलाले अच्चम मान्दै मा’न्छेको मा’सु खाने अहिलेसम्म कोही पनि देखेको छैन भन्छन् । त्यसको जवाफमा गायिका मगरले हाहाहा बुझ्नु न मिलाएर ।’ भन्दै जवाफ फर्काएकी छिन् ।

उनले आफुलाई मन पराउने केटाहरु हजारौं भए पनि आफुले एकजना पनि रोज्न नसकेको बताएकी छिन् । उनलाई त्यसको कारण पनि थाहा छैन । उनले आफ्ना लागि केटाहरु सामानजस्तै भएको भन्दै धेरै जना भएको हुँदा छान्न गाह्रो भएका कारण अहिलेसम्म विहे नभएको पनि स्पष्ट पारेकी छिन् । धमलालाले अब एकजना छान्ने बेला भएन भनेर सोधेको प्रश्नको जवाफमा ज्योतिले एकजनालाई छानेर बाँकीको मन दुखाउन नचाहेको बताइन् ।

उनले आफुलाई मन पराउने केटाहरु हजारौं भए पनि आफुले एकजना पनि रोज्न नसकेको बताएकी छिन् । उनलाई त्यसको कारण पनि थाहा छैन । उनले आफ्ना लागि केटाहरु सामानजस्तै भएको भन्दै धेरै जना भएको हुँदा छान्न गाह्रो भएका कारण अहिलेसम्म विहे नभएको पनि स्पष्ट पारेकी छिन् । धमलालाले अब एकजना छान्ने बेला भएन भनेर सोधेको प्रश्नको जवाफमा ज्योतिले एकजनालाई छानेर बाँकीको मन दुखाउन नचाहेको बताइन् ।

प्रेम दिवसमा आफुलाई गुलाफको फुल लिएर आउँन पनि अनुरोध गरेकी छिन् । उनले आफुलाई पट्याउन पनि भनेकी छिन् । मगरका अनुसार उनलाई नेताहरुले पनि मन पराउने गरेका छन् । नेताहरुले पनि बोलाउने गरेको कुरामा धमलाले बल गरेर कुरा निकाल्न खोजेपछि ज्योतिले कन्या कुमारी केटीलाई धेरै नपेल्नु भन्दै पन्छ्याउन खोजेको भिडियोमा देख्न सकिन्छ ।

यसको जवाफमा धमलाले तपाईं कन्या कुमारी हो ज्योतिजी भनेर प्रश्न गरेका छन् । यसको जवाफमा मगरले भनेकी छिन्, ‘हो नि, जबसम्म मैले आधिकारीक रुपमा घोषणा गर्दिन तबसम्म त हो नि म’ ज्योतिका अनुसार विवाह नहुँदा वा भएर डिर्भोस हुँदा पनि महिलाहरु कन्या कुमारी नै हुन्छन् । उनले करियरका कारण आफु अहिलेसम्म अविवाहित भएको भनेकी छिन् । कार्यक्रममा धमलाले ज्योति मगरेको प्रत्येक दिन युवकहरुसँग उठबस हुन्छ भनेर राखेको जिज्ञासामा गायिकाले जवाफ फर्काइन, ‘उठबस हुन्छ तर सुतबस हुँदैन ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]