अत्यन्त दुखत खबर ! कोभिड अस्पतालमा आगलागी, ज’ले’र १० जना’को मृ’त्यु

हाम्रो सन्देश संवाददाता

एजेन्सी, १३ चैत ।

भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । मुम्बईको भान्डुप क्षेत्रको ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा शुक्रबार बिहान भएको आगलागी भएको भारतीय मिडियाले जनाएको छ ।

मृत्यु हुनेहरु कोभिड–१९ बिरामी हुन् वा होइनन् भन्ने खुलेको छैन । ड्रिम्स मलको तेस्रो तलामा रहेको सनराइज अस्पताल कोरोना संक्रमतिका लागि डेडिकेटेड अस्पताल हो ।

अस्पतालमा रहेका बिरामीको उद्धार गरी अर्को अस्पतालमा सारिएको मुम्बई प्रहरीले जनाएको छ । त्यस्तै उनीहरुलाई अक्सिजन सपोर्टमा राखिएको पनि जनाइएको छ ।

मुम्बई महानगरका मेयर किशोरी पेड्नेकरले अस्पतालमा रहेका ७० जना बिरामीलाई नजिकै रहेको अर्को अस्पतालमा सारिएको बताइन् । आगलागी कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको पनि उनले बताइन् ।

कोरोना महामारी फैलिएपछि गत वर्षबाट मात्रै उक्त अस्पताल सञ्चालनमा आएको थियो ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र बनेको छ । त्यसमध्ये पनि महाराष्ट्रको राजधानी मुम्बईमा कोरोना संक्रमण उच्च छ । बिहीबार मात्रै मुम्बईमा ५ हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।