चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतम चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । धमला दम्पती आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने भयो
१८ वर्षको कलिलो उमेरमा उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् ।
फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने निकै ब्यस्त बनेकी छन् सामाजिक संजालमा पनि निकै सक्रिय बनेकी छन् ।
पछिल्लो समय पनि उनी पोखरा पुगेर फोटोशुट गरेकी छन् । जहाँ उनी निकै खुलेकी छन् भने निकै सुन्दर पनि देखिएकी छन् । उनका ती तस्बिर भाइरल नै बनेका छन्
सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चाल्ने नारीको रुपमा उनको चर्चा हुने गर्दछ ।