काठमाडौं, १३ चैत ।
शुक्रबार सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ६ सयले घटेर ८६ हजार ३ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार छापावाला सुन तोलाको ८६ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ८५० रहेको छ ।
त्यसैगरी आज चाँदीको मुल्य स्थिर रहदै आज प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
नेप्से २५ सय ४८ अंकमा, सातामा २९ अर्ब ५८ करोड ८३ लाखको कारोवार
यो साता नेप्से २५ सय ४८ दसमलव ९६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५० दसमलव ३१ अंकमा पुगेको छ ।
यो साता नेप्सेमा दुई सय ११ वटा कम्पनीहरुको तीन लाख ५१ हजार पाँच सय ११ पटकको कारोवारमा छ करोड ३१ लाख २१ हजार एक सय नौ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम २९ अर्ब ५८ करोड ८३ लाख पाँच हजार तीन सय ४४ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा बढी हो ।
नेप्सेमा गत साता भने दुई सय १६ वटा कम्पनीहरुको दुई लाख ६२ हजार दुई सय ६१ पटकको कारोवारमा चार करोड ८८ लाख पाँच हजार सात सय २८ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम २० अर्ब ६१ करोड ३१ लाख ८९ हजार नौ सय ६५ रुपैयाँ पुगेको थियो । नेप्से यो साता पाँच दिन नै खुल्ला रहेकोमा पहिलो, तेस्रो र चौथो दिन बढेको थियो भने दोस्रो र अन्तिम दिन घटेको थियो ।
जसमध्ये पहिलो दिन नेप्से ६३ दसमलव ३८ अंकले बढेर २५ सय ३८ दसमलव ४६ अंकमा चढेकोमा सेन्सिटिभ पनि नौ दसमलव ४४ अंकले बढेर चार सय ५३ दसमलव ५९ अंकमा चढेको थियो । दोस्रो दिन भने नेप्से २४ दसमलव आठ अंकले घटेर २५ सय १४ दसमलव ३९ अंकमा झरेकोमा सेन्सिटिभ पनि चार दसमलव ७९ अंकले घटेर चार सय ४८ दसमलव ८० अंकमा झरेको थियो ।
तेस्रो दिन भने नेप्से १४ दसमलव ५७ अंकले बढेर दुई हजार पाँच सय २८ दसमलव ९५ पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव शुन्य नौ अंकले बढेर चार सय ४८ दसमलव ८९ अंकमा पुगेको थियो ।
चौथो दिन पनि नेप्से ४१ दसमलव तीन अंकले बढेर दुई हजार पाँच सय ७० दसमलव २५ अंकमा पुगेकोमा सेन्सिटिभ पनि सात दसमलव छ अंकले बढेर चार सय ५५ दसमलव ९५ अंकमा पुगेको थियो । पाँचौ दिन भने नेप्से २१ दसमलव २९ अंकले घटेर दुई हजार पाँच सय ४८ दसमलव ९६ अंकमा पुग्दा सेन्सिटिभ पनि पाँच दसमलव ६४ अंकले घटेर चार सय ५० दसमलव ३१ अंकमा पुगेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल बंगलादेश बैंक आदि परेकाछन सेयर कारोवार भएको संख्याको आधारमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बंगलादेश बैंक आदि अगाडि परेकाछन ।
पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन । नेप्सेका अनुसार सेयर सुचीकरण तर्फ भने यो साता डिप्रोक्स लघुुबित्त बित्तीय संस्था, महुली सामुदायिक लघुबित्त बित्तीय संस्था, साँग्रिला डेभलपमेन्ट बैंक, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लगायतका कम्पनीहरुको बोनस तथा हकप्रद सेयर सुचीकृत भएकाछन् ।