केपी ओलीले राजीनामा दिएर बामपन्थी नेतालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ : केसी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ चैत ।

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बामपन्थीको सरकार फेरि बन्नुपर्ने बताएका छन् । उनले बामपन्थीलाई जनताले ५ वर्षको म्याण्डेट दिएर पठाएको बताउँदै जनताको मतको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर अन्य बामपन्थी नेतालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।
संसद् विघटनजस्तो असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीको भनाइ छ ।

नेपाली रेडियो नेटवर्क नेपाली बहसमा कुरा गर्दै उनले भने, “बामपन्थीलाई नेपाली जनताले ५ वर्षका लागि म्याण्डेट दिएको हो, त्यसैले पुरै कार्यकाल पार्टीको आन्तरिक विवाद त्यागेर देशमा स्थायित्व स्थापित गर्न सरकार र राजनीतिक दल लाग्नुपर्ने मेरो सुझाव छ ।”

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले अविश्वासको प्रस्तावको सामना गर्न नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्रीले पुनस्र्थापनापछि म आफैं राजीनामा दिदिँन अविश्वासको प्रस्तावले हटाउ भनेर चुनौति दिनु गलत प्रवृत्ति भएको टिप्पणी गरे ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]