अदिति बुढाथोकीको हट अवतार, हेर्नुहोस् तस्बिर

हाम्रो सन्देश संवाददाता

नेपाली लोकप्रिय नायक अनमोल केसीसँग फिल्म खेलेपछि नेपालमा अदिति बुढाथोकीको चर्चा सुरु भयो झापाको दमकमा जन्मिएकी अदिति फेसन डिजाइनर पुष्पा बुढाथोकीकी छोरी हुन ।

उनले केही नेपाली र भारतीय म्युजिक भिडियो मा काम गरेपछि उनी ‘कृ’बाट डेब्यू गरेकी हुन् । मुम्बईमा बसेर सङ्घर्ष गरिरहेकी अदितिको सुन्दरताको निकै चर्चा हुने गर्छ। ५ फिट ५ इन्च उचाइ भएकी यी सुन्दरी कम बोल्ने र सरल स्वभावकी छिन् ।

‘कृ’मा काम गरेपछि केही नेपाली र पन्जाबी म्युजिक भिडियो मा पनि अभिनय गरेकी अदितिको कभरेज भारतका चर्चित मिडियाहरूले पनि बेला बेलामा गर्ने गर्छन् । सामाजिक संजाल इन्स्टाग्राममा अदितीका ११ लाख भन्दा बढी फलोअर्स छन् । सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता मापन गर्न सकिन्छ ।

तीन वर्ष अगाडि अनमोल केसी स्टारर चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी यसपछि मुम्बई फर्किएकी थिइन् । लामो समयदेखि भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनले एक दर्जन बढी हिन्दी र पञ्जाबी गीतमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छन् ।

गएको महिना उनी अभिनीत ‘तु मेरा नही’ गीत सार्वजनिक भएको थियो । नेपाली मोडल तथा उदीयमान अभिनेत्री अदितिको तुलना पूर्व पो’र्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीसँग गरिएको थियो । भारतको एबीपी न्यूजले अदितिका अर्धन-ग्न तस्बिरसहित ‘मिलिए नेपालकी सन्नी लियोनी से’ भनेर रिपोर्ट बनाएपछि मुम्बैमा बस्दै आएकी अदिति पहिलो फिल्म रिलिज नहुँदै चर्चाको शीखर चढेकी थिइन् ।

चलचित्र ‘कृ’ खेली सकेपछी उनको चर्चा परिचर्चा एकाएक चुलिएको छ भने दर्शकको मन- मुटुमा बसिसकेकी छिन् । उनको अभिनय र सुन्दरताले नेपाली युवाहरुलाई लठ्ठ बनाएकी छिन् । नेपाली फिल्म ‘कृ’ मा अनमोल केसीसँग अभिनय गरेपछि चर्चामा आएकी अदिति पछिल्लो समय फिल्मका कारण भन्दापनि आफ्नो ग्ल्यामर तस्वीरका कारण चर्चामा रहन्छिन । उनले ‘कृ’ खेली सकेपछी अरु कुनै नेपाली चलचित्रमा काम गरेकी छैनन् ।

५ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी अदिति बुढाथोकीका लागि त्यसपछिका दिनहरू फलदायी बन्दै गए ।
त्यसपछि उनले टीभीसी एड तथा पेपर एडहरूमा अवसर पाइरहिन् भने र्‍याम्प वर्क तथा फोटो सुट आदि पनि गरिरहिन् ।