बढ्यो सुनको मूल्य,कति छ आजको बजारभाउ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ चैत्र ।

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ सयले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजावी सुन तोलामा ८६ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार २३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

पानीको मूल्य बढ्यो, हेर्नुहोस् प्रतिजार कति ?

संसदीय समितिले व्यापारीको स्वार्थ अनुकूलमा उपभोक्तालाई भार पर्ने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको छ। कानुन निर्माण तथा नीतिगत निर्देशन दिने जिम्मेवारी पाएको संसदीय समितिले उद्योगीलाई फाइदा हुने गरी पानीको मूल्य बढाउन निर्देशन दिएको हो।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खुला बजारमा हस्तक्षेप गर्दै अहिले बजारमा बिक्री भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर कार्यान्वयन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिएको छ। खुला बजारमा अहिले पिउने पानी प्रतिजार ३० देखि ४५ रूपैयाँमा बिक्री भइरहेको छ।

संसदीय समितिले काठमाडौंमा प्रतिजार अधिकतम एमआरपी मूल्य ४७ रूपैयाँ तोकेर कार्यान्वयन गर्न वाणिज्य विभागलाई निर्देशन दिएको छ। यो खबर आजको नागरिक दैनिकमा छ ।