चैत १५ गते मेलम्चीको पानी काठमाडौंमा वितरण गर्छौं : प्रधानमन्‍त्री ओली

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ चैत्र ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र १५ गते काठमाडौँमा मेलम्चीको पानी वितरण हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार नगरपालिका संघको कार्यक्रमलाई सम्बोधन गर्दै तत्काल फाइप नफुटोस् भनेर चरणबद्ध ढंगले पानी वितरण गरिने प्रष्ट पार्दै अबको ४ दिनमा मेलम्चीको पानी काठमाडौँमा वितरण हुने बताएका हुन् ।

‘अब चार दिनपछि हामी काठमाडौँमा धारामा मेलम्चीको पानी वितरण गर्दैछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘१५ गते हामी मेलम्चीको पानी वितरण गर्न सुरु गर्छौं र फेजवाइज त्यसलाई बढाउँदै लान्छौँ । कुनै दुर्घटना नहोस् । कुनै पाइप नफुटोस् भनेर हेरिहेरी हामी पानी वितरण गछौँ ।’

ओलीले आफ्नो कार्यकालमा सरकारले धेरै काम गरेको दाबी गर्दै मेलम्चीको पानी ल्याउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।

बिदेशीसामु निर्लज्ज नाक रगड्ने ब्यवस्था ढाल्नैपर्छ : विप्लव

मुलुकको राजनीतिक बृतमा बैकल्पिक शक्तिको रुपमा स्थापित नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले बिदेशी शक्ति सामु निर्लज्ज ढंगले नाक रगडेर भिक माग्ने राजनीतिक ब्यवस्थाको अन्त्य गरेर बैज्ञानिक समाजवाद ल्याउने घोषणा गरेकाछन । उनले जनताको भावना, चाहना र आवस्यकता नेतृत्व आफ्नो पार्टीले निरन्तर गर्ने बताएका छन ।

महासचिव विप्लवले लडाइँ नभएको बेलामा हतियारको कुरा गर्नु अराजनीतिक र गैर जिम्मेवार अभिव्यक्ति भएको समेत बताएकाछन ।

महासचिव विप्लवले अहिले मुलुकको समस्याको हल गर्नका लागि कुनै एक पात्रको अदलीबदलीले संभावना नभएको प्रष्टाएकाछन । उनले यसको मुल कारण कुनै पात्र अर्थात ब्यक्ति नभएर ब्यवस्थाको उपज भएको बलशाली तर्क गरेकाछन । बिभिन्न समयमा गरी ४० वर्षे देखी अभ्यास गर्दै आएको यो दलाल पुजीवादी ब्यवस्थाको पुरानो मेसिनरी रहेसम्म यस्तै चलिरहने भएकोले त्यो मेसिनरी नै फालिदिनु पर्ने धारणा राखेकाछन ।

महासचिव विप्लवले भने आफुलाइ निजि स्वार्थमा डुबेको कम्युनिस्टलाइ मन नपर्ने बताउदै । सबैले भरोसा गर्न लायक कम्युनिस्ट पार्टी बनाएरै छोड्ने प्रतिबद्धता समेत व्यक्त गरेकाछन । उनले थपे जनता प्रती अनुत्तरदायी भएर कसैसग सहकार्य एकता संभावना नरहने प्रष्ट पारेकाछन ।
एकिकृत जनक्रान्तिको गर्ने उद्धघोष सहित राजनीतिक मैदनमा रहेका बिप्लवले बूधवार राति एक टेलिभिजन सँगको अन्तर्बार्तामा एकिकृत जनक्रान्तिको नाराले एकहदसम्म सफलता सार्थकता पाएको समेत दावी गरेका छन ।

सरकारले बिना कारण प्रतिबन्ध लगाउनु र त्यही सरकारले ३ बूँदे सहमति गर्नु एकीकृत जनक्रान्तिको सैद्धान्तिक सफलता भएको बताएकाछन । महासचिव विप्लवले बिभिन्न झुटटा मुद्धामा हिरासत र कारागारमा रहेका बन्दी नेता कार्यकर्ताहरु समेत छिट्टै खुल्ला आकाशमा भावना र बिचार सहित मिलन हुने नजिकै रहेको समेत बताएकाछन ।

महासचिव विप्लवले महत्त्वपूर्ण राजनीतिक प्रश्नमा कम्युनिस्टहरु कहिल्यै पनि हिंसाको पक्षपाति नहुने स्पष्ट पारेका छन । तर जनतामाथी अन्याय हुदा उत्पीडनमा पर्दा र देशमाथी हस्तक्षेप हुदा विद्रोह भने तर्क गरेकाछन ।

महासचिव विप्लवले हतियारको बिषयमा हतियार उठ्ने अथवा नउठ्ने र हतियार हुने अथवा नहूने त्यो राजनीतिक दृष्टीकोणको कुरा भएको बताएका छन ।
एक अर्को प्रसगमा कुरा गर्दै महासचिव विप्लवले मान्छे नमर्दा सम्म रुपान्तरणको संभावना हुने भएकोले अन्य दलसग सहकार्य र एकता हुनसक्ने तर्फ पनि संकेत गरेकाछन । उनले भने सबैले कमिकम्जोरीलाइ महसुस गरेर जनता प्रती जिम्मेवार बन्ने अरुसग पनि सहकार्यको संभावना रहने धारणा राखेका छन ।