काठमाडौं, १२ चैत्र ।
कोरोना महामारीको दोस्रो लहर सामना गरिरहेको छिमेकी मुलुक भारतमा संक्रमण तीव्र गतिमा फैलिएको छ । ११ मार्चमा १० हजार ९८३ मा झरेको दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या बुधबार ४७ हजार २६२ पुगेको छ । नोभेम्बरको सुरुआतपछि पहिलो पटक एकैदिन धेरै संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा संक्रमण उच्च विन्दुतिर बढिरहँदा नेपालमा पनि संक्रमण बढेको देखिएको छ ।
अस्पतालमा पुग्ने सम्भावित संक्रमित, दैनिक पहिचान हुने संक्रमितको संख्या र संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांकले पनि यही संकेत गरेको छ । र, जसरी पहिलो लहरमा भारतमा संक्रमण तीव्र गतिमा फैलिएको एक महिनापछि नेपालमा बढ्यो, दोस्रो लहरमा पनि त्यही अवस्था आउन सक्ने विज्ञहरुले बताएका छन् ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य विभागको सहप्राध्यापक डा. अर्चना श्रेष्ठ भन्छिन्, ‘नेपाल, भारतभन्दा एक महिना पछाडि परेको र अहिले भारतमा संक्रमण बढ्दै गरेको तथ्यांकलाई एक ठाउँमा राख्दा हामी के अनुमान गर्न सक्छौं भने नेपालमा पनि अबका केही हप्ता संक्रमणको संख्या बढ्दै जाने सम्भावना देखिन्छ ।