काठमाडौं, १२ चैत्र ।
दियो तीनै वटै प्रशासनले कडा आदेश कोरोनाको जोखिम बढेपछि अब यी काम गर्न नपाइने पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको भन्दै उपत्यकाका ३ जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण रोक्नका लागि अपनाइने मापदण्ड पालनमा कडाइ गर्ने भएको छ । उपत्यकाका तीन जिल्लाले कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने निर्णय गरेका हुन् ।
कोरोना संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सोसिएल डिस्टेन्स लगायतका मापदण्ड पालना गर्न कडाई गर्ने निर्णय भएको हो । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ती जारी गर्दै घर बाहिर निस्कँदा सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कार्वाही गर्ने बताएका छन् ।चैत १५ र १६ गते होली पर्वलाई घरमै मनाउन समेत जिल्ला प्रशासनहरुले आग्रह गरेका छन् ।
काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले सार्वजनिक स्थलमा भीडभाड नगर्न समेत उनीहरुले आग्रह गरेका छन् । रात्रिकालीन व्यवसायहरु राति ११ बजेपछि सञ्चालनमा रोक लगाउने निर्णय भएको छ । व्यवसाय सञ्चालन गर्दा पनि भिडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका तोकिएका मापदण्डहरु पालना गर्नु पर्ने व्यवस्था मिलाउन प्रशासनले अनुरोध समेत गरेको छ ।
पछिल्लो केही दिनयता नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको भन्दै उपत्यकाका ३ जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण रोक्नका लागि अपनाइने मापदण्ड पालनमा कडाइ गर्ने भएको छ । उपत्यकाका तीन जिल्लाले कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने निर्णय गरेका हुन् ।