काठमाडौं, ११ चैत्र ।
नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसँगै हवाई भाडा पनि बढेको छ । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडा बढेको जानकारी गराएको छ ।
निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । निगमले इन्धनको मूल्य बढाएसँगै नागरिक उड्डयन प्राधिकरणकोे स्वीकृतिमा संघले नयाँ भाडादर सार्वजनिक गरेको छ ।
संघले विभिन्न १०० वटा गन्तव्यका लागि ५ रुपैयाँदेखि ९० रुपैयाँसम्म हवाई भाडा बढेको जनाएको छ । सबैभन्दा कम डोटी-साँफेबगर रुटको लागि २० रुपैयाँ र सबैभन्दा बढी काठमाडौं–धनगढी रुटको लागि ९० रुपैयाँ नयाँ भाडादर कायम भएको छ ।