कोरोना कहर : काठमाडौं प्रशासनले पनि भर्खरै निकाल्यो यस्तो सूचना !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ चैत्र ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्वलाई घर भित्रै बसेर मनाउन आग्रह गरेको छ ।

बुधवार एक विज्ञप्ति जारी गर्दै प्रशासनले भारतमा कोरोना संक्रमण बढ्दै गएको र नेपालमा पनि जोखिम बढेकाल फागुमा सार्वजनिक स्थलमा भिडभाड गर्न नदिने निर्णय गरेको जनाएको छ ।

विज्ञप्ति अुनसार सार्वजनिक स्थान र सार्वजनिक यातायातमा मास्क अनिवार्य प्रयोग गर्नुपर्ने र भौतिक दुरी कार्यम गर्न भनिएको छ । मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिक कारवाही गरिने समेत प्रशासनले जनाएको छ ।

हेर्नुहोस् सूचना :