भाइरल सुन्दरी चिया बेच्ने महिला पहिलोपटक मिडियामा !३ बजे उठेर चिया बेच्नुको कारण यस्तो

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नुवाकोटकी सुष्टि तामाङ बाँच्नको निम्ति आफ्नो नानिलाई बोकेर जिवन संघर्ष गर्दै रातको ३ बजे चिया पकाएर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बसका यात्रीहरुलाई चिया बिक्री गरि आय आर्जन गर्दै, ललितपुरको ग्वार्को चोकमा भेटिएकि सुष्टिकी संघर्ष र मिहिनेत सुष्टि को संघर्ष र मिहिनेत लाई सलाम छ ।

नुवाकोट घर भएकि सृष्टि काठमाडौ बसेको पाच बर्ष भयो,। लकडाउनले श्रीमान काम पनि ठप्प भयो त्यसपछी श्रीमान पनि आफू बाट टाढा भएपछि छोरी लाई पिठ्युँमा बोकेर चिया बेच्दै जिवनयापन गरीरहेको सृष्टिले बताइन् । हसिलो मुहार भएकि सृष्टिको आफ्नै कथा र दु:ख भएको सुनाइन् ।

एउटा महिलाले सानो बच्चालाई पिठ्युमा बोकेर सडकमा चिया बेच्दै गरेको फोटो सामाजिक सञ्जालमा भाईरल भएको छ । ती महिला हुन सृष्टि तामाङ, काठमाडौको ब्यास्त सडकमा केही महिना देखि चिया बेच्दै आईरहेकि सृष्टि तामाङको उक्त फोटो भाइरल भए संगै धेरैजसोले उनको कामको प्रसंशा गरेरहेकाछन् ।

लकडाउनले गर्दा आर्थिक चपेटामा परेको बताउदै २०७७ साल पुस महिनाको पहिलो हप्ता बाट आफुले यसरी सडकमा चिया बेच्न थालेको उनी बताउछिन । कोठा तिर्न समेत धौधौ भएपछि आफू यो व्यावसाय तिर लागेको सुनाउदै उनी भन्छिन , पहिलोपटक यसरी सडकमा चिया बेच्दा आफुलाई लाज समेत लाग्यो तर चिया बेचेको पहिलो दिन मै रु ३९० रुपैयाँ कमाउदा निकै खुसि लाग्यो ।