आज पनि घट्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ चैत्र ।

साताको तेस्रो दिन अर्थात मंगलबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ।

मंगलबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ८६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]