खुशीको खबर कतार जाने कामदारका लागि : यसरी बढाइयो पारिश्रमिक

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० चैत्र ।

कतार जाने कामदारका लागि खुशीको खबर: यसरी बढाइयो पारिश्रमिक, कुनै कामदारले पनि कम मूल्यमा काम गर्नु नपर्ने।

कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलब शनिबारदेखि लागू भएको छ । कतारले रोजगारदाता कम्पनीलाई तयारी गर्न ६ महिनाअघि नै राजपत्रमा सूचना प्रकाशित भएपछि प्रक्रिया सुरु भएको थियो । कुनै पनि काम गरे बापत काम अनुसार तलब भए पनि नेपाली तीस हजर भन्दा कम कुनै पनि काम को तलब नहुने भएको छ ।

प्रशासनिक विकास श्रम तथा समाजिक मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलब एक हजार रियाल (झण्डै ३० हजार रुपैयाँ) तोकेको थियो । यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ । मन्त्रालयका अनुसार सबै कम्पनीले अनिवार्यरुपमा न्यूनतम तलब सुविधालाई कार्यान्वयनमा ल्याउनुपर्नेछ ।

खाडीका ६ देशमध्ये कतारले मात्रै न्यूनतम तलब तोकी कार्यान्वयनमा ल्याएको हो । यो तलब कतारमा कार्यरत र नयाँ भिसा लिइ जाने सबैको हकमा लागू हुनेछ । कतारस्थित नेपाली दूतावासले सबै श्रमिकको कतार सरकारद्वारा तय गरिएको न्यूनतम तलब पूर्णरुपमा पाउने विश्वास गरेको जनाएको छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।