काठमाडौं ।
चितवनमा निर्माण हुँदै गरेको वहुप्रतिक्षित अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक अभाव सिर्जना भएको छ । निकै ठूलो लगानीमा सुरु गरिएको रंगशाला निर्माणका लागि आर्थिक अभाव भएपछि धुर्मुसको टोली मेचि महाकाली अभियानमा निस्किएको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाईमा रंगशाला निर्माणको काम सुरु भएको हो । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको सो रंगशाला निर्माणका लागि सरकार र सर्वसाधारणको लगानी छ ।धुर्मुस सुन्तली फाउण्डेशनले सहयोग उठाउँदै रंगशाला निर्माणमा लगानी गरिरहेको छ ।
क्रिकेट मैदान निर्माणमा आर्थिक अभाव भएपछि सहयोग जुटाउन सिताराम कट्टेल धुर्मुस मेची महाकाली अभियानमा निस्किएका छन् । रंगशाला निर्माणको लागि आर्थिक संकलन गर्न अभियानमा निस्कदा उनलाई रंगशाला निर्माणमै जुटेका मजदुरले विदाई गरेका थिए ।
उनीहरुले विदाईका क्रममा बाटोमा लाग्ने खर्च उठाएर धुर्मुसलाई दिएका थिए ।मजदुरले पैसा दिँदा धुर्मुस निकै भावुक भए । मजदुरहरुले भने, घरको छोराछोरी बाहिर जाँदा बाटोखर्च दिएर पठाउनु पर्छ । हामीले त्यही भूमिका निर्वाह गरेका हौँ, लक्ष्य पुरा गरेर फर्कनुहोला शुभकामना छ ।
यसरी पैसा दिँदा त्यहाँको माहौल पनि निकै भावुक भएको थियो ।धुर्मुस सुन्तली फाउण्डेशनको तर्फवाट अभियानमा सहभागी भएका अर्जुन घिमिरे (पाडे)ले पैसा लिएर भने यो तपाईहरुले दिएको आर्शिवाद हो । हामी कञ्चनपुरवाट यो अभियान सुरु गरेका छौं ।हाम्रो अभियानमा सबैको साथ रहने छ ।
त्यस्तै अहिले पछिल्लो समय धुर्मुस सुन्तलीले मेची महाकाली अभियान संचालन गरेसंगै उनलाई एक महिलाले ठगीको आ रो प लगाएकी छिन । तारा बराल नामकी यी युवतीले आफुसंग प्रमाण समेत भएको दावी गरेकी छिन । मागिखाने जोगी जस्ता तु च्छ शव्दले समेत प्र हा र गरेकी छिन ।