नेप्सेमा १४ अंकको वृद्धि, ५ अर्ब १४ करोडको कारोबार

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० चैत्र ।

मंगलबार नेप्से पुुन बढेको छ । अघिल्लो दिन २४ दशमलव आठ अंकले घटेको नेप्से साताको तेस्रो कारोवार दिन आज भने १४ दशकमलव ५७ अंंकले बढेर २५ सय २८ दशमलव ९५ अंकमा पुगेको छ । आज सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शुन्य नौ अंकले बढेर चार सय ४८ दशमलव ८९ अंकमा पुगेको छ ।

मंगलबार दुुई सय आठ वटा कम्पनीहरुको ६१ हजार चार सय २२ वटा कारोवारमा एक करोड दुुई लाख ७६ हजार सात सय १० कित्ता सेयर खरिद बिक्री हुंदा कुुल कारोवार रकम पाँच अर्ब १४ करोड १८ लाख ९७ हजार एक सय ६९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुँदा ७ वटा समुहको सुचक बढेका छन् भने ६ वटा समुहको सुचक घटेका छन । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ६ दशमलव ६८ अंकले घटेर १७ सय ६० दशमलव ६१ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ९८ दशमलव ७८ अंकले घटेर १७ हजार ६८ दशमलव पाँच अंकमा पुगेको छ भने बिकास बैक, फाईनान्स, उत्पादनमुलक र अन्य समुहका सुचक पनि घटेका छन । जलविद्युुत समुहको सुचक भने आज एक सय २९ दशमलव ८४ अंकले बढेर २३ सय ५४ दशमलव २० अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि एक सय ७४ दशमलव चार अंकले बढेर १२ हजार सात सय ८१ दशमलव ४६ अंकमा पुुगेको छ । यि बाहेक ट्रेडिङ, होटल र पर्यटन, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी कोष समुहको सुचक पनि बढेका छन ।

आज साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर ११ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको छ । यस्तै, पञ्चकन्यामाई हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने चार दशमलव १५ प्रतिशतले घटेर एक सय ८५ रुपैयाँमा कारोवार भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता ५ सय ४० रुपैयाँ अन्तिम मुल्यमा ५२ करोड ६० लाख ९४ हजार ५ सय ७२ रुपैयाँको कारोवार भएको छ ।