ग्राहक खोसेको’ भन्दै ट्याक्सी चालकले कुटे पठाओ राइडर

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १० चैत्र ।

गोंगबुमा ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका छन्।
आफ्नो ग्राहक खोसेको भन्दै गोंगबुमा पठाओका राइडरलाई कुटपिट गरेको भन्ने जानकारी आएको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले सेतोपाटीलाई बताइन्।

घटना सोमबार बिहानको हो।

सोमबार बिहानतिर एक जना ग्राहक ट्याक्सी चालकसँग पैसाको कुरा गरिरहेका थिए। पछि पैसाको कुरा नमिलेर पठाओमा जान लाग्दा ट्याक्सी चालकले ग्राहक खोसेको भन्दै कुटपिट गरेको भन्ने जानकारी आएको उनले बताइन्।

‘बिहान घटना घटेपछि बेलुका पनि चालक मिलेर पठाओका राइडरलाई कुटेको भन्ने खबर आएको छ,’ उनले भने, ‘को राइडर हुन् हामीलाई जानकारी आइसकेको छैन। हामीले पनि सोसल मिडियामामार्फत् थाहा पाएका हौं।’

एउटा मदिरा फ्याक्ट्रीमा निकै गजबको जागिर खुलेको छ । यहाँ काम गर्न जाने मानिसले फ्याक्ट्रीमा हुने कामहरुमध्ये रोजेर आफूलाई मन पर्ने काम गर्न पाउनेछन् । र, यसवापत ती व्यक्तिले मासिक ११ लाख ६० हजार रुपैयाँ तलब पाउनेछन् । त्यसमाथि यी जागिरेलाई बस्ने घर पनि कम्पनीले दिनेछ जसको भाडा लाग्ने छैन ।