कोरोना भाइरसको संक्रमण बढेपछी, फेरि सम्पुर्ण बजार, बिधालय बन्द गर्ने घोषणा !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ चैत्र ।

भारतका आठ राज्यमा कारोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ ।

सङ्क्रमण फैलिएपछि केही ठाउँमा लकडाउन गरिएको छ भने केही ठाउँमा क’डाइ गरिएको छ । मध्य प्रदेशको भोपाल, इन्दोर र जबलपुरमा पूरै लकडाउन छ । महाराष्ट्रको नागपुरमा आउँदो १८ गतेसम्मका लागि लकडाउन ल’म्ब्याइएको छ । गु’जरात र पन्जाबका केही सहरमा रात्रिकालिन क’र्फ्यु लगाइएको छ भने केही ठाउँमा स्कुल कलेज ब’न्द गरिएको छ ।

ओली संग बालुवाटार पुगेर विप्लब यसरी जंगिए

नेपाल कम्युष्टि पार्टी ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सोमबार बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

सरकारसँग भएको तीन बुँदे सम्झौता अनुसार कारागारमा रहेका बन्दी रिहाइमा ढिलाइ भएपछि महासचिव चन्द प्रधानमन्त्री निवास वालुवाटार पुगेर कुरा राखेका हुन् । भेटमा महासचिव चन्दले सरकारसँग भएको सहमतिअनुसार आफ्नो पार्टीका नेता–कार्यकर्ता रिहा गर्न ढिला भएको बताएका विप्लव समूहका नेता उदयबहादुर चलाउनेले जानकारी दिए ।

विप्लव समूह र सरकारबीच गत फागुन २० गते नेपाल कम्युनिष्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो । सहमति लगतै केहि नेता–कार्यकर्तालाई सरकारले तत्कालै रिहाइ गरेको भए पनि अन्यलाई छाड्ने प्रक्रिया सुस्त देखिएको छ ।
सोमबारको भेटमा विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराएका हुन् । जवाफमा प्रधानमन्त्री ओलीले नेता–कार्यकर्ता रिहाइका लागि आफूहरु लागिरहेको जवाफ दिएका नेता चलाउनेले जानकारी दिएका छन् ।