काठमाडौं, ९ चैत्र ।
आइतबार स्वास्थ्य मन्त्रालयले अकस्मात् एउटा सूचना जारी गर्यो । कोरोना भाइरससम्बन्धी सूचनामा मन्त्रालयले केही सन्देश, आग्रह र केही निर्देशन दिएको छ । देशभर भिडभाड हुने कुनै पनि किसिमको सभा सम्मेलन नगर्न आग्रह गरिएको छ ।अहिले भारतमा कोरोना भाइरस सङ्क्रमित बढिरहेका छन् ।
नेपालमा समेत सङ्क्रमण बढ्न सक्ने भन्दै देशभर सभा, जु’लुस, र्या’ली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भि’डभाड हुने व्यवसाय र कार्य नगर्न नगराउन आग्रह गरेको छ । यति मात्रै होइन मन्त्रालयले हात धुन, मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैलाई पुनः स्मरण गराएको छ ।
हुन त मन्त्रालयको सूचना अकस्मात् आएको मात्रै हो अ’प्रत्याशित थिएन । किनकि नेपालमा कोरोना जो’खिम कम भएकै थिएन । छैन । चैत दोस्रो साता लकडाउन हुँदा सुरुका केही दिन क’डाइ गरियो । आम मानिसहरू पनि सचेत भए र तर, जब जेठ/असार लाग्दै गयो आम मान्छेले लकडाउनको उल्लङ्घन गर्न थाले । भाइरसको भय ह’राउँदै गयो ।
जो’खिम त्यो बेला पनि कम थिएन । अहिले पनि छैन ।खासमा लकडाउन उल्लङ्घन गर्नु आम नागरिकको रहर त होइन । केही बा’ध्यता समेत थिए । जसमा सरकारले ध्यानै दिएन । दिनभर काम गरेर साँझ बिहान चुलो बाल्ने नागरिकले कसरी दुई/तीन महिनाको कडा लकडाउन खेपे ? के खाए ? सरकारलाई कुनै मतलब भएन ।
बरु सरकारले भो’कै/ना’गैं सयौँ किलोमिटरको यात्रा गरिरहेका ना’गरिकको रमिता हेर्यो ।सीमामा भोगले छ’टपटिएका नागरिकको वे’दनाको म’जाक उडायो । कतिले उपचारै नपाइ ज्यान गु’माए ? कति खानै नपाइ मरे ? सरकारको चासोको विषय भएन ।उद्योग, कल कारखाना कति ब’न्दै भए ? कति फेरि खुल्नै नसक्ने अवस्थामा पुगेका छन् ? हिसाब किताब भएन ।
बरु सरकारलाई राजनीतिक भाइरसले आ’क्र’म’ण गर्यो । सत्तारुढ दल तत्कालीन नेकपामा र’डाको म’च्चियो । उ’चाल्ने र प’छार्ने खेल भए । यो अवधिमा केके देख्न पाइएन ? प्रतिनिधिसभा विघटनदेखि पुनः स्थापनासम्म देखियो । विपक्षीको आ’न्दोलनदेखि सरकारकै श’क्ति प्रदर्शन हेरियो ।
दुई तिहाइ करिब बहुमत प्राप्त दल अलग भए । पूर्ववत् अवस्थामा फर्किएकाहरू दुईतिर मुख लाएर बसेका छन् । लकडाउनको अवधिमा लागेको यो राजनीतिक भाइरसको असर अझैँ केही महिना वर्षसम्मै देखिने निश्चित छ । तर, जो’खिम घटेकै थिएन । घटेको छैन ।
भारतले अनुदानमा दिएको खोप ल्याइयो । फ्रन्टलाइनमा ख’टिने केहीले पहिलो चरणको खोप लगाए पनि । त्यो चीनले दिएको खोप सरकारले अझैँ ल्याउन सकिरहेको छैन । बाँकी करोडौँ नागरिकले कहिले खोप पाउने केही टुङ्गो छैन ।हाल नेपालमा प्रयोग भइरहेको खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औ’षधि कम्पनी ए’स्ट्राजेनेकाले विकास गरेको हो ।
यसलाई भारतको सिरम इ’न्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ । जसलाई को’भिशिल्ड नाम दिइएको छ । यही खोप नेपालमा भारतको सहयोगले आइपुगेको हो। केहीले ल’गाइ समेत सकेका छन् ।खोप लगाउँदा कोरोना लाग्दैन त ? आम मान्छेमा यो प्रश्न हुनसक्छ । हो खोपले केही सुरक्षा पक्कै दिन्छ ।
तर, विज्ञहरुका अनुसार खोप लगाइसकेपछि पूर्णतः सुरक्षित भइँदैन । उनीहरू मास्क, स्या’निटाइजर प्रयोग गरिरहन सुझाव दिन्छन् । भौतिक दूरी कायम गरिरहन अ’पिल गर्छन् । नेपालमा हाल आएको खोपले ७० प्रतिशत सुरक्षा दिन्छ । तर, बाँकी ३० प्रतिशत जोखिम त छ नि !
के फेरि लकडाउन होला ?अहिले पनि विश्वका कतिपय देशले पुनः संक्रमण बढेको भन्दै लकडाउन गर्न थालेका छन् । भारत हाम्रो नजिकैको मुलुक हो । जसले पुनः विभिन्न ठाउँमा लकडाउन गर्न सुरु गरेको छ । भाइरसको दोस्रो लहर बिच मध्य प्रदेशका तीन सहर भोपाल, इन्दौर र जबलपुरमा लकडाउन सुरु भएको छ । आइतबार अस्पताल र मेडिकल छाडेर सबै पसल ब’न्द गर्यो ।
बिहान ९ बजेसम्म मानिसहरूको आवतजावत नरोकिएपछि प्रहरीले क’डाइ सुरु गरेको थियो । यता, भोपालमा शनिवार रातिदेखि नै लकडाउन सुरु भएको छ । लकडाउनका दौरान धारा १८८ लागू गरिएको छ । अर्थात् बिना कारण घरबाट निस्कनेलाई पक्राउ गर्ने अनुमति दिइएको छ ।
तपाईँलाई स्मरण होला गत चैतमा भारतमा लकडाउन गरिएपछि नेपालमा पनि लकडाउन सुरु भएको हो । अहिले भारतमा जो’खिम बढिरहेको छ । यसको असर नेपालमा पनि देखिनेमा दुई मत छैन । किनकि नेपाल र भारतबिच खुला सिमाना छ । जो’खिम बढ्दै गएकोमा नेपालमा पनि पुनः लकडाउन नहोला भन्न सकिन्न ।
कोरोना जो’खिम सकिएको छैन । मास्क लगाउन नछोडौँ । स्यानिटाइजर प्रयोग गरिरहौँ । हात धुने बानी नबिर्सौँ । भौतिक दूरी कायम राख्न नभुलौँ । पछिल्लो समय कोरोना त केही होइन रहेछ भन्ने धेरैलाई परेको छ । तर, यसमा एक रति पनि सत्यता छैन ।
नेपालमा अहिले जे सोचिरहेका छन्, त्यस्तै सोच्दा इटालीमा भयावह स्थिति आएको नबिर्सौँ ।आइतबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनाले पनि केही सङ्केत गर्छ । सरकारले अहिले नागरिकलाई सचेत मात्र गराएको हो । खे’लाँची गरियो भने फेरि लकडाउन-२ भो’ग्न पर्ने हुनसक्छ ।