काठमाडौं, ९ चैत्र ।
सुनको भाउ सोमबार प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ८७ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८६ हजार ५५० सय रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी सोमबार चाँदीको मूल्य पनि सामान्य गिरावट भएको छ । यस दिन तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार २६० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
खुल्यो सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओ: कत्ति कित्ता भर्दा ठिक होला?
आजबाट सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ (प्राथमिक शेयर ) सार्वजनिक गरेको छ । यस कम्पनिले २६ करोड ९७ लाख बराबरको प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यका २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
कम्पनीले २९ लाख साधारण शेयर कित्ता मध्ये १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र बाँकी रहने २६ लाख ९७ सर्वसाधारणको लागि छुट्ट्याइएको छ।
सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमा आवेदन दिनको लागि चैत्र १० गतेसम्म समय तोकिएको छ । साथै यस समय अवधिमा सबै शेयर बिक्रि नभएमा नपरेमा चैत २० गतेसम्म म्याद थप हुने कम्पनीले जनाएको छ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १ करोड ५० लाख रुपैया रहेकोमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूबाट १४ करोड ५० लाख र सर्वसाधारणबाट २९ करोड बराबरको आईपीओ निष्कासन गरेको छ। जसपछि कम्पनीको पुँजी १ अर्ब ४५ करोड रुपैया हुनेछ।
सिंगटी खोला जलविद्युत आयोजना (२५ मेगावाट) ले उत्पादन सुरु गरिसकेको छ । साथै कम्पनीले यही आर्थिक वर्षमा करिब १२ करोड नाफा गरिसकेको छ ।