काठमाडौं, ७ चैत ।
पछिल्लो समय नेपाल पनि विज्ञान र प्रविधिको क्षेत्रका अग्रसर बनिरहेको छ । नेपाली वैज्ञानिकहरु होस् या इन्जिनियरहरु, आ आफ्नै तह तप्काबाट जोड तोडका साथ लागिरहेको तपाई हामीले देख्दै पढ्दै आएका छौ ।
त्यसो त पछिल्लो समय बिजुलीबाट चल्ने यात्री मोटरसाइकल सार्वजानिक भएको छ, जुन नेपाली युवाहरुको टिमले बनाएका हुन् । अन्य मोटरसाइकलहरु भन्दा धेरै गुणहरुले फरक यात्री आखिर कसरी बन्यो अनि कस्तो बन्यो त ? यात्री चढ्नेहरुले कस्तो सुविधाहरु पाउनेछन् त ? यात्री नै किन चढ्ने त ?
भारी मात्रामा घट्यो सुनको भाउ, तोलाको कती ?
साताको कारोबारको अन्तिम दिन आज सुनको मुल्य घटेको छ । शुक्रबार सुनको मुल्य ५ सय रुपैयाँले घटेको हो । बुधबार छापावाल सुन प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । बिहीबार सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मुल्य पनि १५ रुपैयाँले घटेको छ । महासंघको अनुसार आज १२ सय ७५ रुपैयाँमा खरिदबिक्रि भएको छ ।
इन्फ्रास्ट्रक्चर बैंकद्वारा विज्ञ एवं विशिष्टिकृत संस्थाहरुलाई सूचीकृत हुन आग्रह
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्नो व्यवसायिक क्षमताको अभिवृद्धि गर्ने हेतुले पूर्वाधार विकासका क्षेत्रहरुमा दखल भएका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परामर्शदाता, विषय विज्ञ एवं विशिष्टिकृत संस्थाहरुलाई सूचीकृत हुन आग्रह गरेको छ ।
बैंकले यातायात, उर्जा, कृषि, पर्यटन, विशेष आर्थिक क्षेत्र/औद्योगीक क्षेत्र, सामाजीक र सहरी पूर्वाधार तथा सूचना एवं संचार प्रविधिमा दखल भएका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा कार्यरत व्यक्ति वा संस्थाहरुलाई NIFRA Excellence Center मा सूचीकृत हुन एक महिनाको आवेदन अवधि राखि आशयको सूचना प्रकाशन गरेको हो ।
यस प्रकृया मार्फत सूचीकृत हुन सफल हुनुहुने व्यक्ति एवं संस्थाहरुलाई बैंकले आवश्यकता बमोजिम अल्पकालीन एवं दीर्घकालिन रुपमा पूर्वाधारका परियोजनाहरुको पहिचान देखी निर्माण एवं संचालनसम्मका विभिन्न चरणमा विज्ञको रुपमा एवं पूर्वाधार विकासमा विश्वका सफल अभ्यासहरुलाई अंगिकार गर्न आवश्यक हुने नीति, नियम तर्जूमाका लागि सहभागी गराउनेछ ।