कियारा आडवाणीले प्रेमी सिद्वार्थसँगको सम्बन्धबारे यस्तो भनेपछि…

हाम्रो सन्देश संवाददाता

एजेन्सी ।

बलिउड द्वय कलाकारहरु कियारा आडवाणी र सिद्वार्थ मल्होत्रा पछिल्लो समयमा प्रेम सम्बन्धको कारण चर्चामा छन् । उनीहरु एकअर्कासँग डेट गरिरहेका छन् ।
दुवैजनाले प्राय एकैठाउँमा समय बिताएका हुन्छन् । सिद्वार्थले मात्र नभएर कियाराले पनि आफ्नो सम्बन्धको बारेमा मुुख खोलेकी छिन् ।

एक अन्तर्वाताको क्रममा कियाराले आफु डेटिङमा पछिल्लो समय गएको मितिसहित बताएकी हुन् । कियाराले केही समयको लागि दुई महिना अगाडी डेटमा गएको बताएकी हुन् । प्रेमीले धोका दिएमा तपाई के गर्नुहुन्छ ? कार्यक्रम संचालकले सोधेको प्रश्नको जवाफमा कियाराले ब्लक गर्ने र कहिल्यै पनि मुख नफर्केर नहेर्ने बताइन् । कार्यक्रममा बोल्दै फेरी कहिल्यै पनि कुरा नगर्ने उनले भनिन् ।

कियाराले खुलेर मल्होत्राको नाम नलिएपनि उनको कुराले सजिलै इशारा बुझ्न सकिन्थ्यो । कियारा र सिद्वार्थ नयाँ वर्षमा मनोरन्जन गर्न मालदिपमा गएका थिए ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]