भोलि ओलीको बैठकमा नजाने निर्णय

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ चैत ।

आज माधव-खनाल खेमाको बानेश्वरमा सम्पन्न स्थायी कमिटी बैठकले भोलि बालुवाटारमा डाकिएको ओली खेमाको केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरेको छ ।

निर्णयमा भनिएको छ :

१. विगतमा संसदीय दलको बैठक दलको कार्यालय,सिंहदरबार वा संसद् भवन,बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने । बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने ।

२. केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त कथित बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने भएकाले भोलिका लागि प्रचारित बैठकमा सहभागी नहुने । जन आस्था