गण्डकी प्रदेशकाे प्रमुख सचिवमा को जालान् ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ चैत ।

सरकारले गण्डकी प्रदेशको प्रमुख सचिवका लागि तीन जना सचिवको नाम सिफारिस गरेको छ । आज बसेको लोकसेवा आयोगको बैठकले सचिवत्रय दामोदर रेग्मी, मुकुन्द पौडयाल र गणेश पाण्डेलाई प्रमुख सचिवका लागि सिफारिस गरेको हो ।

अहिलेका प्रमुख सचिव बिष्णुप्रसाद नेपालले उमेर हदका कारण अवकाश पाएसँगै रिक्त रहेकाे प्रमुख सचिव पदमा उनीहरुको नाम सिफारिस गरिएको हो ।

अब बस्ने क्याबिनेट बैठकले यी मध्ये एकलाई सचिवमा बढुवा गर्नेछ । जो स्वत: मुख्यसचिव भएर पोखरा पुग्नेछन् ।

उता अस्ति २ गतेमात्र उमेर हद लागेर अवकाश पाएसङ्गै उनै सचिव विष्णुप्रसाद नेपाललाई गण्डकी प्रदेश लाेकसेवा आयाेगकाे अध्यक्षमा नियुक्त गरिएकाे छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]