काठमाडौं, ६ चैत ।
सीटीईभीटीको परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सघाएको आरोपमा जनकपुरधामबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
जनकपुरधामस्थित एक परीक्षा केन्द्रमा अनुगमन गर्न खटिएको टोलीले परीक्षा हलमा अत्याधिक चिट फेला पारेपछि यसको अनुसन्धान गरिएको थियो । अनुसन्धानको क्रममा फोटोकपी गर्ने व्यक्तिले नै चिट तयार गरिदिने रहस्य खुलेको थियो ।
सोही अनुसन्धानका आधारमा जनकपुरधामको मुरली चोक र भैरव चोकबाट पाँच जना फोटोकपी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताएका छन् ।
उनका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–३ का रोहित गुप्ता र मनोज श्रेष्ठ, वडा नम्बर–४ का विजयकुमार साह, वडा नम्बर–५ का कौशलकिशोर साह र जयकुमार साह छन् । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको प्रवक्ता मिश्रले बताए ।
ओलीले जालझेल ,तिकडम बाहेक अरु केही जानेका छैनन – वामदेव गौतम
नेकपा एमालेको माधव नेपालपक्षीय अखिल नेपाल किसान महासंघको भेलामा नेता वामदेव गौतम पनि सहभागी भएका छन् ।
यसअघि नेकपा र अहिले एमाले एकताको अभियान चलाइरहेका गौतम धोबीघाटस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजना भइरहेको महासंघको भेलामा उपस्थित भएका हुन् । गौतम महासंघका अध्यक्षसमेत हुन् । उनले पार्टी एकताका लागि पहल जारी रहने बताएका छन् ।
अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै नेता गौतमले नेकपामा विवाद हुँदा पनि आफू एकताको पक्षमा उभिएको भन्दै अब पनि एमालेभित्र एकता कायम गर्न भूमिका खेल्ने बताएका हुन् ।
ओलीले जालझेल र तिकडम बाहेक अरु केही नजानेको गौतमले आरोप लगाए ।
अध्यक्ष ओली र प्रचण्ड दुबैको आलोचना गर्दै नेता गौतमले माओवादी केन्द्रमा नेता भनेकै प्रचण्ड र संगठन भनेकै प्रचण्डको स्थिति रहेको जिकिर गरे ।
गौतमले बैठकबाटै पार्टीको समस्या समाधान गर्नुपर्ने भएकाले पार्टीको बैठकमा जानुपर्ने बताए । उनले पार्टीभित्रको विवादको असर पार्टी निकट संगठनहरुमा पर्नु दुखद भएको धारणा पनि राखेका थिए ।
खिल नेपाल किसान महासंघको भेलामा माधव पक्ष निकट सदस्यहरु पनि सहभागी भएका थिए ।