पार्टीभित्रको विवादको जड ओली हो, जसले नक्कली कुरा गर्दै हिड्छन्ः नेता नेपाल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ५ चैत ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले पार्टीभित्रको विवादको जड अध्यक्ष केपी शर्मा ओली रहेको बताएका छन् । बुधबार सानेपामा राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले ओलीको अंहकार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको दाबी गरे ।

ओलीले नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने बेला जनताको बहुदलीय जनवाद ९जबज०लाई कुनै अडान नलिई हटाएको भए पनि आफूलाई जबजको हिमायतीको रूपमा प्रस्तुत गरिरहेको उनले बताए । ओलीले मदन भण्डारीको विरासत बोकेको भनी नक्कली कुरा गरेकाले भ्रममा नपर्न नेता नेपालले आग्रहसमेत गरे ।

उनले भने, ‘जबज सिध्याउने काम गर्नुभयो । तपाईंले समाजवादउन्मुख जनताको जनवाद मान्नुभयो । तर, जनताको बहुदलीय जनवादको बारेमा कहीँ अडान लिनु भएन । खुसुक्क हटाउनुभयो । अनि, हामीलाई तपाईंले त्यो थोपर्ने काम गर्नुभो । आज तपाईं जनताको बहुदलीय जनवादको बडो हिमायती भएर आफूलाई प्रस्तुत गर्नुहुन्छ ।’ ​नेता नेपालले आफूहरुको लडाइँ पदको निम्ति नभएर नीति र सिद्धान्तको लडाइँ भएको जिकिर गरे ।