काठमाडौं ।
कुनै पनि चलचित्रको अवार्ड समारोहमा कलाकारका लागि दुइवटा कुरा महत्वपूर्ण हुन्छ । एउटा, नोमिनेशनमा परेका कलाकारका लागि अवार्ड पाउँछु या पाउँदिन भन्ने कौतुहलता । अर्को, अवार्डमा कसरी आकर्षक बनेर जाने ।
अवार्डको रेड कार्पेटमा कलाकारको गेटअप, पहिरन र स्टाइलले खुबै चर्चा पाउँछ । यही भएर पनि कलाकारहरु रेड कार्पेटमा आफूलाई फरक देखाउन हरदम कोशिश गर्छन् ।
शनिबार आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा पनि यस्तै माहोल देखियो । अवार्ड समारोहमा नायिका करिश्मा मानन्धर, विपना थापा, निरुता सिंह, नायक भूवन केसीदेखि नयाँ पुस्ताका कलाकारहरु नायक धिरज मगर, पल शाह, नायिकाहरु नम्रता श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह, सुहाना थापा, रिस्ता बस्नेत, जेबिका कार्की, रेजिना उप्रेती लगायत देखिए ।
रेड कार्पेटमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नम्रता श्रेष्ठ, जेबिका कार्की हट बनेर पुगेका थिए । उनीहरुको पहिरनले खुबै चर्चा पायो । यस्तै, लामो समयपछि अवार्ड शोमा पुगेकी नायिका विपना थापाले भने धेरैको ध्यान खिचिन् । नेपाल चलचित्र प्राविधिक संघ र ड्रिम हाई नेपालले संयुक्त रुपमा यो अवार्डको आयोजना गरेका थिए ।
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।
सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।
चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।
यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।
उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।