एकासी कीन ओलीले माधवलाई बोलाए, झलनाथलाई बोलाएनन् कुरा यस्तो रैछ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ चैत्र ।

एमाले भित्रको आन्तरिक कलहकै बीच अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच धुम्बाराहीस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा छलफल जारी छ । तर, छलफलमा वरिष्ठ नेता झलनाथ खनाललाई भने बोलाइएको छैन ।

छलफलमा ओली समूहबाट अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, नेताहरू विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुषाल, रघुजी पन्त सहभागी छन् ।

छलफलमा वरिष्ठ नेता खनालले भने आफूलाई नबोलाएकाले नगएको बताए । ‘मलाई बोलाइएको छैन, म गइन, म अर्कै काममा छु,’ खनालले हाम्रा कुरासँग भने ।

केही बेरअघि सुरु छलफलमा पार्टी भित्रको विवादले प्रवेश पाएको एमाले स्रोतले बताएको छ । नेपाल पक्षले अध्यक्ष ओलीले केन्द्रीय कमिटीका पदाधिकारीहरू खारेज गरेको विषय उठाइरहेका छन् ।

एमाले अध्यक्ष ओलीले नेपाल-खनाल पक्षमा रहेका पदाधिकारीलाई हटाएका थिए भने प्रदेशमा रहेका सो समूहका इन्चार्जहरूको जिम्मेवारीसमेत खोसिएको थियो ।