ओलीले सबै पद खोसिदिएपछि रामकुमारी झाक्री र योगेशले गरे यस्तो घोषणा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ चैत्र ।

झलनाथ खनाल(माधव नेपाल पक्षलाई बेवास्ता गरेर अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व तहमा गरेको हेरफेरपछि नेकपा एमालेभित्र पुनः विवाद चर्किएको छ। केपी ओलीको कदमविरूद्ध नेकपा एमालेका अधिकांश नेताहरुले एकअर्काको आलोचना गरिरहेका छन् ।

ओलीले गरेका निर्णयलाई वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहले विधानविपरित भएको निष्कर्ष निकालेको छ। यसै विषयमा एमाले कि नेतृ रामकुमारी झाँक्रीले सामाजिक संजाल मार्फत आफ्नो धारणा व्यक्त गरेकी छिन् ।

एमालेकी नेतृ रामकुमारी झाँक्रीले शुक्रबार साँझ सामाजिक सञ्जालमा लेखेर कडा चेतावनी दिएकी छन्। उनले अब जिन्दगीको अन्तिम र निर्णयाक आन्दोलन हुने बताएकी छन्।

‘जे भइरहेको छ यो एकदमै गलत हो। विधानविपरीतको यो ज्यादती हो। कम्युनिस्ट आन्दोलनको विसर्जन हो, उनले लेखेकी छन्, तर, हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौं। यसको कानुनी उपचार र राजनीतिक प्रतिवाद दुवै गर्नेछौ। साथीहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाइँ हुनेछ।’

यसैबीच, नेपाल समूहका नेता योगेश भट्टराईले धैर्यता कायम गर्न आह्वान गरेका छन् । साथै एकताको विकल्प नरहेको समेत बताएका छन् । उनले ट्वीट गर्दै भट्टराईले ओली पक्षको निर्णयको सही र सशक्त ढंगले प्रतिकार गरौँ भन्दै एकताको विकल्प नभएको जनाएका छन् ।

यस्तै, नेकपा एमालेका निर्वाचित उपमहासचिव घनश्याम भुसालले अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलन विघटन गर्न खोजेको तर त्यसलाई सफल हुन नदिइने बताएका छन् ।

सामाजिक सञ्जालमा भुसालले एकतर्फी रुपमा केन्द्रीय सदस्य मनोनित गर्ने तथा महाधिवेशनको मिति तोक्ने पछिल्लो निर्णयबाट ओलीले यसलाई थप पुष्टि गरेको बताए ।

‘केही बर्षदेखि मैले ओलीजीको सामर्थ्यले भ्याएसम्म उहाँको एक मात्र उद्देश्य कम्युनिस्ट आन्दोलनलाई विघटन गर्नु हो भन्दै आएको थिएँ । उहाँले त्यही गर्दै आउनुभएको छ । भुसालले लेखेका छन्, ‘आजको घटनाबाट उहाँबारे रहँदै आएका सबै भ्रमबाट सबैलाई मुक्त गरिदिनु भएको छ । त्यसका लागि उहाँलाई धन्यवाद छ । तर उहाँले बुझ्न एउटा कुरा बाँकी छ–कम्युनिष्ट आन्दोलनलाई विघटन गर्न दिइने छैन, उहाँलाई असफल पारिनेछ ।