बिक्री भयो गौतमबुद्ध क्रिकेट रंगशालाको ७७ नम्बरको कुर्सी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ चैत्र ।

चितवनको भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रहेको ७७ नम्बरको कुर्सी खरिद गरिएको छ।

धुमुर्स सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालामा रहेको ७७ नम्बरको कुर्सी नेपाली क्रिकेट फ्यान अन फेसबुक ग्रुप ९एनसीएफएफ० ले खरिद गरेको हो।

फेसबुकमा रहेका क्रिकेट समर्थकको समूह एनसीएफएफले सहयोग संकलन गरेर नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको जर्सी नम्बर ७७ को सिट आफ्नो नाममा बनाएको फाउण्डेसनका प्रतिनिधि कुमार कट्टेलले जानकारी दिए।

‘एनसीएफएफले ७७ नम्बरको कुर्सी आफूहरुको नाममा दिन आग्रह गरेको थियो। त्यसपछि फाउण्डेसनले सो कुर्सी दिने निर्णय गरेको हो।

कुर्सी अभियानमा उठेको रकम केही दिनमा फाउण्डेसनलाई हस्तान्तरण गरिने एनसीएफएफका सिनियर एडमिन सागर खरेलले जानकारी दिए।

योसँगै एनसीएफएफ पनि हाम्रो रगंशालामा मेरो कुर्सी अभियानमा जोडिएको छ। यो अभियानमा जोडिनका लागि १ लाख रुपैयाँ तिरेर कुर्सी आफ्नो नाममा खरिद गर्न सकिने फाउण्डेसनले जनाएको छ।

रंगशालामा सबैलाई अपनत्व महसुस होस् भनेर यो अभियान सञ्चानल गरेको फाउण्डेसनले जनाएको छ।