यी हुन् माओवादी छाडेर एमाले भएका १३ सांसद

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ चैत्र ।

सर्वोच्व अदालतले नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) ब्युताइदिएपनि माओवादी केन्दको तर्फबाट निर्वाचित १३ सांसद नेकपा एमालेमै बस्नुभएको छ ।

संघीय संसद र प्रदेशसभाका गरी १३ जना प्रत्यक्ष निर्वाचित सांसद एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भइसक्नुभएको छ । माओावादी केनद्रमा नगइ एमालेमै बस्नुभएका संघिय सांसदहरुमा टोपवहादुर रायमाझी, अर्घाखाँची, लेखराज भट्ट,कैलाली, गौरीशंकर चौधरी, कैलाली र प्रभु साह, रौतहट ३ हुनुहुन्छ । त्यसैगरी राष्ट्रियसभाका सदस्यहरु रामबहादुर थापा ‘बादल’ र चन्द्रबहादुर खड्कापनि एमालेतिरै लाग्नुभएको छ । त्यसैगरी प्रदेशसभाका टंक आङवोहाङ,ताप्लेजुङ, ज्वालाकुमारी साह,बारा, दधिराम न्यौपाने, रुपन्देही, दिनेश पन्थी,गुल्मी, ठम्मर विष्ट, सुर्खेत, धर्मराज रेग्मी, दैलेख र झपट बोहरा, अछाम पनि एमालैमै बस्नुभएको छ ।

प्रतिनिधिसभा विघटन पछि तत्कालीन नेकपाको ओली पक्षमा लाग्नुभएका यी सांसदहरू आदालतले एमाले, माओवादी ब्युँतिएपछि पनि माओवादीमा नफर्कि एमालेमै बस्नुभएको हो ।

प्रतिनिधिसभामा ५३ सिट रहेको माओवादी केन्द्रका चारजना सांसद एमालेमा लाग्नुभएसँगै अब प्रतिनिधिसभामा माओवादी केन्द ४९ सिटमा सिमित भएको छ ।

दलत्यागको घोषणा गरेसँगै यी सांसद्को पद गुम्नसक्छ । एमालेमै रहनुभएका सांसदहरुले पद त्याग्न तयार रहेको तर ओलीलाई छाड्न नसकिने बतादै आइरहनुभएको छ । सांसदपद गुम्नका लागि विभिन्न चरण र प्रकृया भने पारगर्नु पर्ने हुन्छ ।