काठमाडौं, १ चैत्र ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेकपा माओवादीबीच तीन बुँदे सहमति भएको छ। विप्लव र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको हो।
सहमति अनुसार वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सहकार्य गर्ने, क्रान्तिकारीहरू एकताको लक्ष्य राखी सहकार्य गर्ने र यस प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीलाई पनि सहभागी गराउने भएको छ।
टालटुले पाइपबाट मेलम्चीको पानी : काठमाडौँको सडक जलमग्न बन्ने खतरा
उपत्यकावासीले मेलम्चीको पानी आउने दिन गनेर बसेको वर्षौं बित्यो । तर, प्रचार गरिएअनुसार पानी अझै आएको छैन । गत साता प्रधानमन्त्री केपी शर्मा ओलीसहित जम्बो टोलीले सुरुङबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झार्ने काम सुरु गरी मेलम्चीको पानी ल्याएको घोषणा गरे पनि अझै कयौँ समस्या भने ज्यूँकात्यूँ छन् ।
निर्माण थालिएको लामो समयपछि मेलम्चीको पानी गत फागुन २२ मा सुन्दरीजलसम्म परीक्षणका रुपमा ल्याइयो । त्यो पानी केही दिन वाग्मतीमा छाडियो । तर, अझै मेलम्चीको पानी उपत्यकावासीको घरघरमा पुगेको छैन । मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले चैत दोस्रो साताबाट परीक्षण वितरण गर्ने तयारी भएको जानकारी दिए । तर, उनले भनेजस्तो वितरण प्रणाली सजिलो देखिँदैन । नयाँ पाइपबाट वितरण गर्ने अवस्था छैन ।
पुराना पाइपबाट वितरण गर्ने तयारी गरिएको भए पनि ती जीर्ण छन् । पुराना पाइप टालटुल गरेर पानी लयाउने तयारी गरिएको हो । पुराना पाइपमा सातामा एक चोटी पानी छाड्दा केही स्थानमा लिकेज भइ सडक जलमग्न बन्ने गरेका छन् । अब मेलम्चीको पानी आउँदा दैनिक समय मिलाएर वितरण गरिनेछ । जसले गर्दा काठमाडौँका प्रायः सडक जलमग्न हुने खतरा रहेको स्वयम् आयोजनाले स्वीकारेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।