बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ चैत्र ।

साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

उपभोक्तकाे ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा मुल्यबृद्धी

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको हो ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ ।

निगमले बुधबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।

निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको जानकारी दिएको छ ।