काठमाडौँ, २९ फागुन ।
सुनको भाउ आज घटेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
समग्रमा भने यो हप्ता सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतवार तोलामा ८६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमवार एक सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा पुगेको थियो भने मंगलवार भाउ घटेर ८५ हजार ६ सय रुपैयाँमा झरेको थियो । तर, बुधवार फेरि ६ सय रुपैयाँले बढेर ८६ हजार २ रुपैयाँ कायम भएको थियो ।
हिजो बिहीवार भाउ फेरि बढेर तोलामा ८६ हजार ८ सय रुपैयाँमा पुगेकोमा आज फेरि ६ सय रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
उपभोक्तकाे ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा मुल्यबृद्धी
नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको हो ।
निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पु¥याएको छ ।
निगमले बुधबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।
निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको जानकारी दिएको छ ।