काठमाडौँ, २८ फागुन ।
भारतमा कोरोना भाइरसको प्रकोप फेरि बढ्न थालेपछि लकडाउन सुरु हुन थालेको छ। महाराष्ट्रमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। महाराष्ट्र सरकारले नागपुरमा एक साताको लागि लकडाउन घोषणा गरेको छ।
नागपुरमा १५ देखि २१ मार्चसम्म पूर्ण लकडाउन हुनेछ। आपतकालीन अवस्थाबाहेक मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबनध लगाइएको छ। महाराष्ट्रमा केही सातायता कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढिरहेको छ।
भारतमा विश्वकै ठूलो खोप अभियान चलिरहेको छ।
माधव नेपाललाइ ओलीको थेग्नै नसकिने यस्तो ‘सरप्राइज’, नेपाल पक्षका सबै नेताहरुको पद खोसिदिए
एमाले अध्यक्ष केपी शर्मा ओली एक पक्षीय रुपमा पार्टीको दशौँ महाधिवेशनको मिति तोकेका छन्। शुक्रबार बालुवाटारमा बसेको ओली पक्षीय नेताहरुको बैठकले पार्टीको महाधिवेशन २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय भएको एक स्थायी समिति सदस्यले जानकारी दिए।
एमाले पुनःस्थापित भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले रणनीति बनाइ रहेका बेला ओलीले उनीहरुलाई थाहा समेत नदिइ महत्वपूर्ण निर्णय लिएका हुन्।
यो बैठकमा ओलीले माओवादी केन्द्रबाट गएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् भने नेपाल पक्षमा रहेका सबै नेताहरुको जिम्मेवारी खोसेका छन्।
ओलीले वागमति प्रदेशको इन्चार्जबाट अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल र सुदुरपश्चिम प्रदेशको इञ्जार्चबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिएका छन्।
आजको बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ। उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए।
त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ। कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ।
बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ। बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ। स्कूल विभाग प्रमुखको जिम्मेवारी भने ओली आफैंले लिएका छन् ।
नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी दिएका छन् ।
ओलीले अर्को बैठक चैत ७ गते बस्ने जानकारी दिदै आजको बैठकमा नआएका माधव नेपालहरुलाई पनि जानकारी दिन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएको एक केन्द्रीय सदस्यले बताए ।
ओलीको भनाइ उदृत गर्दै ती सदस्यले भने, ‘खबर गर्न छुट्नुभएकाहरुलाई अर्को बैठकमा खबर गर्नू । माधवजीहरुलाई खबर पुगेको रहनेछ भने पनि पुर्याइदिनू । आउनु हुन्छ कि आउनुहुन्न तर पनि खबर चाहिँ गर्नुपर्छ ।