भारी मात्रामा घट्यो सुनको मुल्य, तोलाको कती ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २८ फागुन ।

साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।

यसअघि बिहीबार तोलामा ८६ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार तेजाबी सुनको मूल्य ८५ हजार ७ सय ५० कायम भएको छ । यसअघि बुधबार तेजाबी सुनको मूल्य तोलाका ८६ हजार ३ सय ५० रुपैयाँ थियो ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको महासंघले जानकारी दिए ।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य तोलाको १ हजार २ सय ७० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८५ रुपैयाँ थियो ।